बजार घट्दा पनि चार कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता बने मालामाल
१४ माघ २०८१, सोमबार १५:१४
काठमाडौँ । बजार ओरालो लाग्दा पनि केहि कम्पनीको शेयर मूल्य भने उच्च बढेको छ । मार्केट दोहोरो अकंले घट्दा पनि आज १०५ कम्पनीको शेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अकंले घटेर २६३३.३२ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ जार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज न्यादी हाइड्रोपावर, जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।