तेस्रो दिन समेत घट्यो बजार, कारोबारमा रौनक आउँदा पनि किन बढ्दै छैन मार्केट ?

१४ माघ २०८१, सोमबार १५:०६

काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले निरन्तरता दिएको छ । बजार आज लगातार तेस्रो दिन समेत घट्न पुगेको हो । नेप्सेमा गिरावट देखिए पनि कारोबार रकमले बजारमा सकारात्मकता थपिरहेको छ । कारोबारको बढ्दो ट्रेन्डले दीर्घकालीन उन्नतिको आशा जगाएको भए पनि अल्पकालीन नाफामा केन्द्रित प्रवृत्तिले चुनौती उत्पन्न गरिरहेको छ ।

थोरै मुनाफामा सेयर बिक्री गर्ने प्रवृत्तिले बजारको दीर्घकालीन स्थिरतालाई प्रभावित पारिरहेको छ । साथै, केही लगानीकर्ताहरूमा ठूलो सुधारको सम्भावनाप्रति भरोसाको अभाव रहेको देखिन्छ । ट्रेडरहरूको हावी रहेको यस अवस्थामा, बजारलाई दिगो बनाउनका लागि दीर्घकालीन सोच र रणनीतिमा जोड दिनु आवश्यक देखिन्छ ।

आइतबार सर्वाधिक घटेको फाइनान्स सेक्टरको शेयर मूल्य आज भने उचालिएको छ । अधिकाशं फाइनान्स कम्पनीको शेयर बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अकंले घटेर २६३३.३२ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ जार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज फाइनान्स समूहको ३.४६ प्रतिशत, विकास बैंक समूहको ०.७२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३५ प्रतिशतसहित पाँच समूह बढेपनि अन्य समूह ओरालो लागेको हो ।

आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*