नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा सम्पत्ति शुद्धीकरण रोक्न प्रतिज्ञा

१४ माघ २०८१, सोमबार १४:०१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा गैरकानुनी प्रयोजन रोक्न प्रतिबद्धता व्यक्त गरेको छ।

माघ १४ गतेलाई सरकारले राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा घोषणा गरेपछि बैंकले आफ्नो सम्पूर्ण कर्मचारीलाई उक्त दिवसका अवसरमा प्रतिज्ञा गराएको बताएको हो।

प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले सबै कर्मचारीलाई प्रतिज्ञा गराएका हुन्।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाललगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो।

यसैगरी बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयहरूमा प्रतिज्ञा गरेको बैंकले जनाएको छ। बैंकले सम्पत्ति शुद्धीकरण रोक्न कानूनी प्रावधानहरू पालना गर्दै उच्चतम सतर्कता अपनाउने प्रतिबद्धता समेत जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*