बैंकहरुको कर्जा लगानी ४८ खर्बः ग्लोबलाई पछ्याउँदै नबिल, एभरेष्ट र नेपाल बैंक विस्तारमा आक्रामक

१४ माघ २०८१, सोमबार १३:०३

काठमाडौँ । वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जा लगानी ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ रहेको हो ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको कर्जा लगानी ७.०६ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको कर्जा लगानी ४४ खर्ब ९८ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

यसअवधिसम्ममा सबैभन्दा बढी कर्जा विस्तार गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको कर्जा लगानी ११.५५ प्रतिशतले बढेर ३ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ पुगेको हो ।

त्यस्तै, नबिल बैंक कर्जा लगानी सर्वाधिक गर्ने दोस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिसम्ममा बैंकको कर्जा लगानी ९.१० प्रतिशतले बढेर ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।

चालु आवको पुष मसान्तसम्म कर्जा लगानी विस्तारमा एभरेष्ट बैंक आक्राम रहेको छ । बैंकको कर्जा प्रवाह २२.९२ प्रतिशत बढेर २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

सर्वाधिक कर्जा विस्तारको दोस्रो नम्बरमा रहेको नेपाल बैंकको १७.१४ प्रतिशत बढेर २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

रकम करोडमा

समिक्षा अवधिमा कर्जा लगानी विस्तार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.५१ प्रतिशतले बढेर ३ खर्ब ५५ अर्ब, कुमारी बैंकको ४.०२ प्रतिशतले बढेर ३ खर्ब ५ अर्ब, आरबिबिको १०.७६ प्रतिशतले बढेर २ खर्ब ८४ अर्ब, लक्ष्मी सनराइज बैंकको ७.६९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब, एनएमबि बैंकको १३.३४ प्रतिशतले बढेर २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यता, सिद्धार्थ बैंकको ८.८७ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब, प्राइम बैंकको १५.६८ प्रतिशतले बढेर २ खर्ब ११ अर्ब, कृषि विकास बैंकको ७.२४ प्रतिशतले बढेर २ खर्ब ६ अर्ब, सानिमा बैंकको ११.१४ प्रतिशतले बढेर १ खर्ब ७४ अर्ब, सिटिजन्स बैंकको ९.३८ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब, नेपाल एसबिआई बैंकको ८.८८ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब र माछापुच्छ्रे बैंकको ५.०२ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

एनआइसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभू बैंक र हिमालयन बैंकको कर्जा लगानी घटेको भने घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*