नेशनल लाइफको गौरवपूर्ण लाभांश इतिहास: अधिकतम् ७२%सम्म वितरण, कुन वर्षमा कति ? (विवरणसहित)

१४ माघ २०८१, सोमबार १२:३१

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास गौरवपूर्ण रहेको छ । कम्पनीले आफ्नो डेढ दशक लामो इतिहासमा अधिकतम् ७५ प्रतिशतसम्म लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीले विगत डेढ दशकदेखि आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गर्दै आएको छ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनश र १० प्रतिशत नगदसहित कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा कुल १४.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । जसमा कम्पनीले ८ प्रतिशत बोनश र ६.५ प्रतिशतनगदसहित सो लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७७/०७८ मा १५.७८९ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आफ्नो वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई क्षमताअनुसारको प्रतिफल वितरण गर्दै आएको छ ।

साथै, आर्थिक वर्ष २०७६/२०७७ मा १९ प्रतिशत बोनश र १ प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/२०७६ मा नेशनल लाइफले १० प्रतिशत बोनश र ०.५३ प्रतिशत नगदसहित कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको इतिहास छ ।

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७४/०७५ मा २.५ प्रतिशत बोनश र १२ नगदसहित १४.५ प्रतिशत लाभांश वितरण गरेको छ । साथै, कम्पनीले आव ०७३/०७४ मा झन् १३.५ प्रतिशत बोनश लाभांश वितरण गरेको थियो । कम्पनीले वितरण गरिरहेको लाभांशले लगानीकर्ता पनि कम्पनीप्रति सन्तोषजनक रहेका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७२/२०७३ मा २५ प्रतिशत बोनश शेयर र १.३२ प्रतिशत नगदसहित कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आव ०७१/०७२ मा ३० प्रतिशत बोनश र १.५८ नगदसहित ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले वितरण गरेको लाभांशको आधारमा,

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/२०७० मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो । यस आवमा कम्पनीले शेयरधनीहरुलाई ५५ प्रतिशत बोनश र १७.५ प्रतिशत नगदसहित कुल ७२.५ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । साथै, कम्पनीले आव ०६८/०६९मा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०६७/०६८ देखि पहिलोपटक लाभांश वितरण गरेको थियो । यस आवमा कम्पनीले लगानीकर्ताहरुलाई ३० प्रतिशत बोनश शेयर र १.५८ नगदसहित ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सोमबारको दिन नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ५९६ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारण सभा गर्न बाँकी रहेको छ । यो आवको वार्षिक साधारण सभा आह्वानको लागि कम्पनीले तीव्र रुपमा प्रशासनिक कार्यलाई तीब्रता दिएको छ ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री र सञ्चालक समिति अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह रहेकीछिन् । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*