रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश
१३ माघ २०८१, आईतवार १८:४३
काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।