दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारीमा प्राधिकरण

१३ माघ २०८१, आईतवार १७:४४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारी गरेको छ । प्राधिकरणले सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको चुक्ता पुँजीको समयअवधि एक बर्ष थप गर्ने तयारी गरेको छ ।

नेपाल सरकारले तत्कालका लागि नेपाल पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गर्ने माध्यम नभएको आश्य व्यक्त गरेसँगै बीमा प्राधिकरणले एक बर्षको समय अवधि थप गर्ने भएको हो ।

पुँजी वृद्धिका लागि अर्थमन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले तत्कालै सरकारी स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीको पुँजी वृद्धि हुने काँटछाँट नदेखिएपछि एक बर्षको समयअवधि थप गरेको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

पुँजी जुटाउने तयारीमा लागेको निजि पुनर्बीमा कम्पनी पनि एक बर्षको अवधि पाउने भएको छ । पुनर्बीमा कम्पनीहरूले गत बर्ष माघ मसान्तभित्र २० अर्ब रूपैयाँ चुक्ता पुँजी पु¥याउनु पर्ने बाध्यता हटेको छ भने नयाँ पुँजी निधारण समेत गर्न सक्ने तयारी भएको बुझिएको छ।

बीमा कम्पनीहरू कै चुक्ता पुँजी वृद्धि गरिएकोले पुनर्बीमा कम्पनीको पनि गर्नुपर्ने देखिएकोले यस्तो निर्णय गरेको प्राधिकरणले पुन एक बर्षको समयावधी थप गर्न लागेको हो ।
हाल जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्ब ५० करोड रूपैयाँ तोकिएको छ।

बीमा कम्पनीहरूले आफ्नो जोखिम भार समेत पुनर्बीमा कम्पनीमा सार्नुपर्ने भएकोले पुनर्बीमा कम्पनीलाई थप बलियो बनाउन पुँजी वृद्धिका लागि प्राधिकरणले गत बर्ष एक बर्ष अवधिमा पुँजीको प्लान सहित पेश गर्न निर्देशन दिएको थियो ।

हाल नेपालमा दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। यसरी सञ्चालनमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब माथि रहेको छ ।

कम्पनीले कम्तीमा ५६ प्रतिशतले चुक्ता पुँजी वृद्धि गर्नुपर्ने हुन्छ। कम्पनीहरूले बोनस सेयर, हकप्रद सेयर वा थप निष्कासन (फर्दर पब्लिक अफरिङ) बाट पुँजी बढाउन सक्छन्।
हिमालयन रि को चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*