उपकार लघुवित्तद्वारा रुपन्देहीको बुटवलमा तालिम संचालन
काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, कोहलपुरद्वारा आयोजित शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरूका लागि दुई दिने समीक्षा तथा ऋण मूल्याङ्कन तालिम माघ १० र ११ गते बुटवलमा सम्पन्न भएको छ।
तालिममा लुम्बिनी प्रदेशका २० शाखा कार्यालयका शाखा प्रबन्धक र फिल्ड सहायक गरी ५७ जना सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले समसामयिक वित्तीय चुनौतीहरू र खराब कर्जा व्यवस्थापनसम्बन्धी विषयमा विचार राख्दै तालिमले संस्थाको भावी लक्ष्य प्राप्तिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
प्रशिक्षणका क्रममा वित्त विभाग प्रमुख चित्र बहादुर भण्डारीले लघुउद्यम कर्जाका लागि आवश्यक कागजातहरूको विषयमा जानकारी गराएका थिए भने कर्जा विभाग प्रमुख हरि केसीले कर्जा फारम भर्ने प्रक्रियासँगै परियोजना विश्लेषणको महत्त्वबारे प्रशिक्षण दिएका थिए।
सहजकर्ता विमल खनालले केन्द्र व्यवस्थापन र भाखा नाघेको कर्जा असुली प्रक्रियाका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहजीकरण तथा समन्वय विभाग प्रमुख पार्वती पराजुली र अनुगमन अधिकृत भगवति महतराले गरेका थिए।