नेशनल लघुवित्त र रुरु जलविद्युतको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?

१३ माघ २०८१, आईतवार १५:५६

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको २४ लाख कित्ता शेयर सूचीकृत भएको छ । आइतबार नेशनल लघुवित्त र रुरु जलविद्युतको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन नेशनल लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल १६ लाख ६० हजार ८६८.४० कित्ता सेयर र रु रु जलविद्युतको १५ प्रतिशतले हुन आउने कुल ७ लाख ३९ हजार ९८५.४८ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त कम्पनीहरुको सूचीकृत शेयर भोलि अर्थात सोमबारदेखि कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*