सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल रिइन्स्योरेन्सको सर्वाधिक शेयर खरिद–बिक्री, अन्य कुनको कति ?
१३ माघ २०८१, आईतवार १५:०८
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार १०.४१ अंकले घटेर २६४३.९३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएकोृ छ ।
साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ३५ करोड ८७ लाख रुपैयाँ, सिन्धु विकास बैंकको २९ करोड २० लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको २५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।