१० अकंले घट्यो नेप्सेः फाइनान्स सेक्टरमा पहिरो, कारोबार रकमले दिँदै रौनक

१३ माघ २०८१, आईतवार १५:०५

काठमाडौँ । पुँजी बजार ओरालो यात्राले निरन्तरता दिएको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजार यस साताको पहिलो दिन समेत घट्न पुगेको हो । बजारमा सबै सूचक सकारात्मक रहेपनि लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा बजार घट्न पुगि रहेको छ ।

नेप्से घटेपनि कारोबार रकमले भने रौनक थपेको छ । कारोबार निरन्तर उचाई तिर लम्किदा बजार दिर्घकालीन रुपमा सकारात्मक बन्ने अपेक्षा लगानीकर्ताहरुको रहेको छ । बजारमा अहिले पनि ट्रेडरहरूको प्रभाव छ । थोरै नाफामा पनि बिक्री गर्ने प्रवृत्तिले दीर्घकालीन विकासमा अवरोध उत्पन्न गरेको छ । छोटो अवधिको नाफामा रमाउने यो प्रवृत्ति बजारको दीर्घकालीन स्थिरताका लागि चुनौतीपूर्ण साबित भइरहेको छ । यसैगरी, बजारमा ठूलो सुधार हुनेमा केही लगानीकर्ताको विश्वासको कमी छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अकंले घटेर २६४३.९३ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हवजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले शेयर मूल्य घटेको छ ।

पछिल्लो समय वित्तीय सूचक कमजोर भएका फाइनान्स सेक्टरका लगानीकर्ताले सर्वाधिक गुमाइरहेका छन् । कम्पनीको शेयर मूल्य निरन्तर घट्दो क्रममा रहेको हो ।

आइतबार ११६ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*