निर्जीवन बीमकले बाग्मती प्रदेशबाटै गरे १४ अर्बबढी बीमाशुल्क संकलन, अन्य प्रदेशबाट कति?

१३ माघ २०८१, आईतवार १३:२४

काठमाडौं । चार लघुसहितका १८ वटा निर्जीवन बीमा कम्पनीहरूले पुस मसान्तसम्ममा २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङक्ले देखाएको छ। केही दिनअघि प्रकाशित उक्त तथ्याङ्कअनुसार निर्जीवन कम्पनीहरूले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा ठेक्काजोखा, विविध, कृषि तथा बाली र लघु बीमालेखहरूबाट सो राशीको बीमाशुल्क संकलन गरेका हुन्।

कम्पनीहरूले बाग्मती प्रदेशबाट सबैभन्दा ठूलो राशीको बीमाशुल्क संकलन गरेका छन्। बाग्मतीबाट मात्रै कम्पनीहरूले १४ अर्ब २१ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। देशकै संघीय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले पनि यो प्रदेशबाट ठूलो राशीमा बीमाशुल्क संकलन भएको हो।

स्रोतः नेपाल बीमा प्राधिकरण

त्यसैगरी बीमाशुल्क संकलनको दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ। यो प्रदेशबाट पुस मसान्तसमम्मा १ अर्ब ९० करोड ९२ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन भएको छ। त्यस्तै तेस्रोमा कोशी प्रदेशबाट १ अर्ब ८५ करोड २२ लाख रुपैयाँबढी संकलन भएको तथ्यांकले देखाएको छ।

यसैगरी मधेश प्रदेशबाट १ अर्ब ४३ करोड ५३ लाख रुपैयाँभन्दा बढी तथा गण्डकी प्रदेशबाट १ अर्ब १४ करोड ८८ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन भएको छ भने कर्णाली प्रदेशबाट ५४ करोड ५५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन भएको छ।

निर्जीवन बीमा कम्पनीहरूले कर्णाली प्रदेशबाट सबैभन्दा थोरै बीमाशुल्क संकलन गरेका छन्। पुस मसान्तसम्म यो प्रदेशबाट जम्मा १९ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। राजधानीबाट लामो दूरीमा रहेको र शिक्षा, बीमा सम्बन्धी जनचेतनाको अभाव तथा विकास लगायतका थुप्रै कारणहरूले गर्दा यो प्रदेशबाट न्यून मात्रामा बीमाशुल्क उठेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*