अर्थतन्त्र चलायमान बनाउन सरकार जुनसुकै कदम पनि उठाउन सक्छः अर्थमन्त्री पौडेल

१३ माघ २०८१, आईतवार १३:०१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् । आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकार विशेष परिस्थितिमा बनेकोले आफ्नो अभिभारा पूरा गर्ने बताए । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।

‘सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जानेछ । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको छ।’ उनले भने । साथै, उनले अर्थतन्त्र चलायमान बनाउँन सरकारले जुनसुकै कदम चाल्न सक्ने समेत बताएका छन् ।

\उपप्रधानमन्त्री पौडेलले राजश्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । ‘राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरूलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता सङ्गठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आवश्यक छ।’ पौडेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*