पाथीभरा केबुलकार अपडेट: प्रहरीको अन्धाधुन्ध गोलीबाट गम्भीर घाइते ३ जना विराटनगर रेफर
काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा निर्माणाधीन पाथीभरा केबुलकारमा स्थानीयहरूको अवरोधका क्रममा प्रहरीले चलाएको गोलीबाट तीन जनाको अवस्था गम्भीर बनेको छ। घाइतेहरूको थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएको छ।
शनिबार केबुलकार निर्माणमा विवाद भएपछि प्रहरी र स्थानीयबिच तनाव सिर्जना भएको थियो। विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौँ अश्रुग्यास प्रहार गरेपछि गोली चलाएको थियो। गोली लागेर चार जना घाइते भएका थिए, जसमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती परेका छन्।
घाइतेमध्ये यामबहादुर लिम्बू, सगुन लावती, र धर्मान पालुङ्वाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूको प्रारम्भिक उपचार जिल्ला अस्पताल ताप्लेजुङमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पठाइएको हो।
पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकार व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालको अगुवाइमा निर्माण भइरहेको हो।
यो पनिः