एनएमबि र कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा

१३ माघ २०८१, आईतवार ०७:४५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको क्रमशः ५ लाख ९८ हजार १४५ कित्ता र १ लाख ७७ हजार ७६६ कित्ता शेयर बिक्रीमा राखेका छन्।

यी दुबै बैंकको शेयर सम्बन्धित बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउछन्। ३५ दिनभित्र संस्थापकबाट आवेदन प्राप्त भएको खण्डमा भने दुबै बैंकले सर्वसाधारणलाई शेयर बिक्री गर्ने बताएका छन्।

एनएमबि बैंकको शेयर किन्न इच्छुक संस्थापकले काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा र कामना सेवा बैंकको शेयर खरिदका लागि काठमाडौंकै ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*