प्रतिकित्ता एक सयमै ३ लाख २० हजार कित्ता शेयर बेच्दै एनएलजी इन्स्योरेन्स

१३ माघ २०८१, आईतवार ०७:३६

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले यही माघ २० गतेदेखि अवितरित ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ।

कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि मंसिर ११ देखि पुस १६ गतेसम्म ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुलाएको थियो। बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका शेयरधनीलाई ९३ लाख १० हजार ६८७ कित्ता बाँडफाँड गरी आफ्नो कायम हकभन्दा बढी कित्ता मागेर आवेदन दिएकाहरूको रकम समेत फिर्ता गरिसकिएको कम्पनीले जनाएको छ।

बाँडफाँडपछि बाँकी बसेको संस्थापक समूहतर्फको १९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्न लागेको हो।

प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको यो शेयरमा माघ २७ गतेसमम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। शेयर किन्न आवेदन दिँदा घटीमा संस्थापकतर्फ १ हजार र सर्वसाधारणतर्फ १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

शेयर किन्न इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका साथै एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*