चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते

काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि व्यापारी चन्द्र ढकालका लागि निर्माण हुन लागेको केवलकारका लागि जनताको छातीमा बन्दुकले गोली दागेको समेत आरोप लाग्ने भएको छ ।आज ताप्लेजुङमा घटेको घटनाबाट सरकार व्यापारीको लागि जनता मारेर अघि बढ्न खोजेको पुष्टि हुन आएको छ । पाथिभरामा चन्द्र ढकालले बनाउन लागेको केवलकारको शान्तिपूर्ण विरोध गर्न खोज्ने पहिचानवादीहरुमाथि आज अपरान्ह चार बजेदेखि छ बजेसम्ममा करिब २० राउण्ड भन्दा बढि गोली चलाइएको छ । प्रहरी गोली चलाउँदा भएको सो घटनामा  ‘नो केवलकार अभियान’का यम बहादुर लिम्बु र धर्मान पालुङ्वा गम्भिर घाइते भएका छन् । उनीहरुलाई आजै साँझ करिब छ बजेतिर प्रहरीले चलाएको अन्धाधुन्ध गोली लागेर अचेत अवस्थामा छन् । उनीहरुको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का एक आन्दोलनकारी बिशाल श्रेङको कानबाट गोली पार गर्दा सामान्य घाइते भएका छन् । आज दिनभरको झडपमा चार जना आन्दोलनकारी र आधा दर्जन प्रहरीहरु घाइते भएका छन् । साँझ प्रहरीले गोली चलाएपछि स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको छ । घटनास्थलबाट सरोज काङ्लिवा याक्थुङले बीमापोेष्टलाई दिएको जानकारी अनुसार प्रहरीले १८।१९ राउण्ड गोली चलाएको र कति जनालाई गोली लागेर घाइते भएका छन् भन्ने एकिन गर्ने अवस्था नरहेको बताए । उनका अनुसार प्रहरीले रातपरेपछि गोली चलाएकोले यकिन भन्ने अवस्था छैन । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले दुई जना आन्दोलनकारीलाई प्रहरीको … Continue reading चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते