उत्पादनको लागत अनुसारको सिमेन्टको मूल्य निर्धारण भएको छ, बृद्धि होइन समायोजन होः अध्यक्ष मारु

११ माघ २०८१, शुक्रबार १७:२४

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष तथा शिभम सिमेन्टका प्रबन्धक निर्देशक रघुनन्दन मारुले उत्पादनको लागत अनुसारको मूल्य निर्धारण गरेको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उधोगिहरुलाई सरकारले अपराधिको तरिकाले व्यवहार गर्न गरेको उनले बताए। उनले भने, ‘सिमेन्ट आत्मनिर्भर छौ तर सरकारले पोलिसिमा साथ भएन । मूल्य वृद्धि होइन समायोजन मात्र भएको हो ‌ । उत्पादन कटौती बिधुत कटौती हुदा भएको हो । अझै हामिलाई अघोषित रुपमा १२ घण्टा लोडसेडिङ छ।’

सिमेन्ट उद्योगहरुको वित्तिय अवस्था देशको परिस्थितिका कारण संकटमा परेको बताए ।‘सोनापुर, अर्घाखाँची, शिबम सिमेन्ट कारखाना ठुलो घाटामा चलिरहेको छ। उधोग गर्नु अपराध हो भने हामि अपराधी हो ‌ मुलुकको अबस्थाले नै मुल्यको अबस्था सिर्जना भएको हो। मारुले भने ।

मारुले बैंकको ऋणको थाप्लो बोकेर सिमेन्ट कारखाना सन्चालन भइरहेको बताए । बैंकबाट ऋण लिएर सिमेन्ट उधोग चलिरहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*