बीमा प्राधिकरणको अध्यक्षमा पूर्व अध्यक्षदेखि पूर्व सचिवसम्म

११ माघ २०८१, शुक्रबार १६:०३

काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन परेको छ । तोकिएको आज अपरान्ह ३ बजेसम्मको तथ्याङ्क अनुसार १२ जनाको आवेदन परेको हो ।

अर्थमन्त्रालयका प्रबक्ता महेश भट्टराईले दुई डिजिटको आवेदन परेको बताउँदै प्राधिकरणको अध्यक्ष पदमा घनघोर प्रतिस्पर्धा हुने दावी गरे ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार प्राधिरकणको अध्यक्ष पदमा आवेदन दिनेमा बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई रहेका छन् । त्यस्तै, प्राधिकरणका निर्देशक कमलराज रेग्मीले आवेदन दर्ता गराएका छन् । रेग्मीको दर्ता नं १ हो भने चापागाईको दर्ता नं ४ हो । त्यस्तै, नेपालका सरकारका पूर्व सचिवले समेत प्राधिकरणको अध्यक्षमा आवेदन दर्ता गराएका छन् । पूर्व सचिव रामशरण पुडासैनीले आवेदन दर्ता गराएका हुन् ।

उता, स्वास्थ्य बीमाबोर्ड भ्रष्टाचारको आरोप लागेका दामोदार बसौलाले पनि प्राधिकरणको अध्यक्षमा दावी प्रस्तुत गरेका छन् । बसौलाको ‘अक्षम’ विगतले अध्यक्ष बन्ने सम्भावना न्यून छ । एमालेकाे काेटामा स्वास्थ्य बीमा बाेर्डमा कार्यकारी भएर चार वर्ष काम गरेका उनले एमालेले आफूलाई अध्यक्ष बनाउन लागेकाे भन्दै हिडेका थिए ।

उता, यसअघि प्राधिकरणको अध्यक्ष भनेर बजारमा चर्चा गरिएका व्यक्तिहरुले अध्यक्षका लागि आवेदन नै दर्ता गराएनन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*