बीमा प्राधिकरणकाे अध्यक्षमा १२ जनाकाे आवेदन दर्ता

११ माघ २०८१, शुक्रबार १५:०४

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थमन्त्रालयका अनुसार आज (माघ ११ गते) अन्तिम दिनसम्ममा १२ जनाको आवेदन दर्ता भएको हो ।

अध्यक्षमा आवेदन दिएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। प्राधिकरण अध्यक्ष विहीन भए सँगै अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालै आईरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*