गार्डियन माइक्रो लाइफद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् प्लस टु पासले आवेदन
११ माघ २०८१, शुक्रबार १२:५७
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा रहेका शाखा, उपशाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले विभिन्न स्थानमा रहेका १५ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन शाखा कार्यालयका लागि बजार व्यवस्थापक पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्लस टु उत्तिर्ण गरेको, कम्प्युटर सम्बन्धि ज्ञान भएको तथा बीमा सम्बन्धि अनुभव भएका उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।