फर्स्ट माइक्रोफाइनान्सको नाफा सहित प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार गत आवको दास्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३८.४१ प्रतिशत घटेको छ।
गत आवमा कम्पनीले साढे ८ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवमा घटेर ५ करोड २३ लाख रुपैयाँमा झरेको हो। कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि खुद नाफामा दबाब परेको हो।
गत आवमा १५ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको चालू आवमा घटेर ११ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा पनि १३ करोड रुपैयाँबाट घटेर ७ करोड रुपैयाँमा झरेको छ।
चुक्तापूँजी १ अर्ब ३४ करोड रहेको कम्पनीको रिजर्भमा ३० करोड रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४.८७ रुपैयाँले घटेर ७.७८ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १२५.३३ रुपैयाँ र खराब कर्जा ४.४४ प्रतिशत छ।