महानगर यातायातलाई टाटाका ४० बस हस्तान्तरण, थानकोटदेखि धुलिखेलसम्म चल्ने
१० माघ २०८१, बिहीबार १८:०५
काठमाडौँ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आजबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तरण गरिएको हो ।
२० करोड लगानीमा उक्त बस सञ्चालनमा आएको हो । यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। थपिएको बस बिहिबारदेखि नै चक्रपथको विभिन्न रुटसहित चन्द्रागिरी, गोदाम, थानकोटदेखि काभ्रेको बनेपाहुँदै धुलिखेलसम्म पुग्नेछ ।
नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।