सामुदायिक लघुुवित्तसहित तीन कम्पनीमा सर्किट लागेसँगै लगानीकर्ता मालामाल
१० माघ २०८१, बिहीबार १५:१८
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ८६ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, दोल्ती पावरको ९.९३, धौलागिरी लघुवित्तको ९.८४ प्रतिशत, नारायणी डेभलपमेन्टको ८.४६ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स लगायतको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।