पुँजी बजारमा करेक्सनः ७ अर्ब ८५करोडको कारोबार, फाइनान्सको सर्वाधिक घट्यो

१० माघ २०८१, बिहीबार १५:०५

काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । बुधबार उच्च सुधार देखिएको बजार आज भने दोहोरो अकंले घट्न पुगेको हो । आजको घटाईलाई लगानीकर्ताले करेक्सनको रुपमा लिएका छन् ।

पछिल्लो समय कारोबारले गति लिएको छ । बुधबार ९ अर्बको कारोबार भएको थियो । कारोबार रकमले बजारले माथि पुग्ने आश गरीएको छ । बाह्य अर्थतन्त्र सबल देखिनुका साथै सरकारले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन पहल गरिरहेको छ । यी कारणले आगामी दिनमा शेयर बजारले सकारात्मक गति लिने विश्वास गर्न सकिन्छ । अर्थतन्त्रको सुधारले शेयर बजारलाई नयाँ उचाइमा पु¥याउने सम्भावना देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१० अकंले घटेर २६५४.३५ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*