ग्लोबल पुनर्बीमा शिखर सम्मेलनमा बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जन सहभागी

१० माघ २०८१, बिहीबार १४:५२

काठमाडौँ । भारतको मुम्बईमा सञ्चालन भएको दोस्रो आइएफएससीए–आइआरडीएआई जीआईएफट ग्लोबल पुनर्बीमा शिखर सम्मेलनमा नेपालबाट नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले सहभागिता जनाएका छन् ।

सन् २०२५ को जनवरी २० देखि २२ सम्म सञ्चालन भएको उक्त सम्मेलनमा उप निर्देशक राजेन्द्र महर्जनले नेपाली बीमा बजारमा रहेको चुनौती र सम्भावनाका बारेमा जानकारी गरेका छन् । उनले भने, ‘नेपालमा विपद् प्रतिरोधी क्षमतालाई समर्थन गर्न बीमा उद्योग महत्त्वपूर्ण छ, तर नेपालमा अझै पनि बीमा अविकसित नै छ। बीमा उद्योगको क्षमता विकासमा नेपाल सरकार तथा बीमा प्राधिकरण लागि रहेको छ। हालै राष्ट्रिय बीमा नीति लागू गरिएको छ, जसका सकारात्मक प्रभावहरू अपेक्षित छन्।

साथै, उनले सम्मेलनमा नेपाली बीमा बजारको बर्तमान परिदृश्य लगायत,विश्व जोखिम सूचकांक (२०२०) र संयुक्त राष्ट्र विपद् जोखिम न्यूनीकरण (२०१९)को अध्ययन अनुसार नेपाल प्रायः जोखिम क्षेत्रको दृष्टिकोणबाट संसारका शीर्ष २० देशहरूको सूचीमा परेको बताएका थिए । प्राकृतिक विपत , जलवायु परिवर्तनको प्रभाव, काठमाडौं जस्ता क्षेत्रहरूमा तीव्र शहरीकरणले अव्यवस्थित पूर्वाधार निर्माण गरेको छ, जसले विपद्को जोखिमलाई थप बढाएको छ।  नेपालका धेरै हिमालयन समुदायहरू कृषि र पर्यटनमा निर्भर छन्, जुन क्षेत्रहरू वातावरणीय र आर्थिक अव्यवस्थामा संवेदनशील छन्।

नेपालमा विपद् तयारी लागी नेपालमा २०१५ को गोर्खा भूकम्पबाट सिकेर विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन, २०१७ लागू गरिएको साथै  सामुदायिक आधारित विपद् जोखिम व्यवस्थापन (CBDRM) पहलहरू लगायत  बाढीको लागि प्रारम्भिक चेतावनी प्रणालीहरू रहेको बताएका छन ।

बीमा अपेक्षित बिकास नहुनु, विशेष गरी ग्रामीण क्षेत्रहरूमा बीमाको चेतना अभाव तथा भौगोलिक अवस्था रहेको साथै नेपालमा रहेको प्राकृतिक प्रकोपको जोखिमलाई सम्बोध गर्ने, बिशेष निति ल्याउनुका साथै बीमा पुल बनाउनु पर्ने समेत जनाएका थिए  । यसका लागि प्राकृतिक आपत्ति पूलको सिर्जना, नियामकहरूको भूमिकामा विकास गर्नुपर्ने, जोखिम मोडेलिङ र मूल्य निर्धारण उपकरणमा अनुसन्धानको प्रवर्द्धन गर्नुपर्ने, माइक्रो बीमाको प्रवर्द्धन गर्नुपर्ने तथा पारामेट्रिक कभर र पूंजी बजारमा मार्फत CAT Bond जारी गर्नु पर्ने समेत उप निर्देशक महर्जनले बताए ।

साथै क्षेत्रीय प्रतिरोधात्मकता बढाउनको मार्ग एक साझा प्रतिबद्धता, सहकार्य र नियमनको अनुकूलनमा निहित छ। नेपालका बीमा नियामक नेपाल बीमा प्राधिकरण बीमित हरुको हक हित सुरक्षण गर्नुका साथै • क्षेत्रीय सहकार्यको मजबुती बनाउनस पनि रह्को छ ।

नियामकहरूका रूपमा, IRDAI र अन्य नियामकहरूलाई छिमेकी नियमनकारीको नियमन मापदण्डलाई सँगै ल्याऔं, ज्ञानको आदान-प्रदान गरौं र बीमा क्षेत्रलाई सामुदायिक प्रतिरोधात्मकत विकास गरी अगी बढॏ भन्ने विचार व्यक्त गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*