छ महीनामा लघु निर्जीवन बीमाको व्यवसाय ४२ करोडबढी, नेपाल माइक्रो अगाडि

१० माघ २०८१, बिहीबार १३:३०

काठमाडौं । चालू आर्थिक वर्षको छ महीनामा हाल सञ्चालनमा रहेका ४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४२ करोड २९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ।

प्राधिकरणले आजै मात्र सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि १० करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने स्टार माइक्रोले ९ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै ट्रस्ट माइक्रो लाइफले पनि ९ करोड ६८ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीहरू चालू आवको पुस मसान्तसम्म जम्मा १ लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गरेर उक्त बीमाशुल्क रकम आर्जन गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*