निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २१ अर्ब, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रौ त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले ६ महिनामा दुई अर्ब ५९ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीका दक्ष उच्च व्यवस्थापक र सरहल र सहज बीमा दावी भुक्तानीका कारण व्यवसाय सर्वाधिक रहेको कम्पनीले जनाएको छ ।
बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा दुई अर्ब ५५ करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ ।
तथ्यांक अनुुसार तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब १३ करोड रुपैयाँ र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब ७३ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ७१ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।