दोस्रो त्रैमाससम्म लघु बीमामार्फत् १ अर्ब २८ करोड प्रिमियम संकलन, नेशनल लाइफ अगाडि

१० माघ २०८१, बिहीबार १२:५५

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीना अवधिमा १२ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले लघु बीमालेख मार्फत १ अर्ब २८ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ।

प्राधिकरणले बुधबार मात्रै सार्वजनिक गरेको उक्त तथ्याङ्कअनुसार नेशनल लाइफ एक्लैले लघु बीमालेख मार्फत् ४२ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै सिटिजन लाइफले २० करोड ६६ लाख रुपैयाँ, सानिमा रिलायन्सले १३ करोड ६१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १० करोड ६३ लाख रुपैयाँ, मेट लाइफले ५ करोड ५ लाख रुपैयाँ र नेपाल लाइफले ३ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ।

त्यसैगरी प्रभु महालक्ष्मी लाइफले ३ करोड २२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६१ लाख रुपैयाँ, एशियन लाइफले २५ लाख रुपैयाँ, सन नेपाल लाइफले २१ लाख रुपैयाँ, एलआईसी नेपालले २ लाख रुपैयाँ र हिमालयन लाइफले १२ हजार रुपैयाँ मात्रै संकलन गरेको छ।

यता तीनवटै लघु जीवन बीमा कम्पनीहरूले पनि लघु बीमालेख मार्फत् धेरथोर रकम संकलन गरेका छन्। जसमध्ये गार्डियन माइक्रो लाइफले १२ करोड ५५ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले झण्डै ११ लाख र लिवर्टी माइक्रो लाइफले ४ करोड ७९ लाख रुपैयाँ कुल संकलन गरेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*