अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा युवा नेता अनिल बोहरा निर्विरोध निर्वाचित

१० माघ २०८१, बिहीबार १०:५१

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको डडेल्धुराबाट अनिल बोहरा केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका छन्।

डडेल्धुराको ग्रामीण क्षेत्रबाट उदाएका बोहरा लामो समयदेखि विद्यार्थी आन्दोलन र संगठनमा सक्रिय रहँदै आएका थिए । उनले संगठनलाई मजबुत बनाउन र विद्यार्थीका हक९अधिकारका लागि निरन्तर संघर्ष गर्दै ठूलो लोकप्रियता कमाएका छन् ।

यो सम्मेलनमा देशभरका प्रतिनिधिहरूको सहभागिता थियो। निर्वाचन प्रक्रियामा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको भए पनि बोहरा निर्विरोध निर्वाचित भएका हुन् । बोहराको यो सफलतालाई संगठनले मात्र नभई डडेल्धुरावासी तथा सुदूरपश्चिम प्रदेशका जनताले पनि गौरवको रूपमा लिएका छन्।

निर्वाचनपछि बोहराले धन्यवाद व्यक्त गर्दै आफू संगठनका एजेन्डालाई अघि बढाउन र विद्यार्थीहरूको समस्याको समाधान गर्न सधैं प्रतिबद्ध रहने बताए । उनले संगठनको मजबुती र सुधारका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*