एक दर्जन बीमा सम्बन्धी विज्ञ राख्ने तयारीमा पुनर्बीमा कम्पनी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सम्बधित बिषयका लागि एक दर्जन बीमा विज्ञ राख्ने तयारी गरेको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो ।कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट, आईटी, प्रशासनिक, वित्त र बजार व्यवस्थापन सम्बन्धी विज्ञका राख्ने तयारी गरेको छ ।
पनर्बीमाका लागि बीमा क्षेत्रमा व्यवस्थापक वा सो सरह पदमा रही कम्तिमा १० वर्ष कम गरेको हुनुपर्ने छ । विद्यावारिधि गरेको हकमा नौ वर्षको योग्यता तोकेको छ ।
कानून विषयमा स्नातकोत्तर उपाधि ह्ँसिल गरेको हुनुपर्ने छ । अधिवक्ता भएर व्यवस्थापकी वा सो सरह बीमा वा वित्तीय क्षेत्रको कानूनसँग सम्बन्धित कम्तिमा १० वर्ष कार्यअनुभव भएका व्यक्तिलाई स्थान दिईने कम्पनीले जनाएको छ ।
दाबी पदका लागि स्नातक तहको उपाधि हासिल गरेको र बीमा कम्पनीमा दाबी व्यवस्थापन कार्यमा व्यवस्थापकीय पदमा १० वर्षको कार्यअनुभव तोकेको छ । बीमाङ्की पदका लागि स्नातकोत्तर र बीमा क्षेत्रमा पाँच वर्षको कार्य अनुभव तोकेको छ ।
बजार व्यवस्थापनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र बीमा क्षेत्रको सम्बन्धीत विभागमा पाँच वर्षको कार्यअनुभव तोकेको छ ।
ठेक्का व्यवस्थापनका लागि स्नातकोत्तर तहको उपाधि हासिल गरेको र सार्वजनिक खरिद कार्यमा १० वर्षको अनुभव भएको हुनुपर्ने छ । चिकित्सक पदका लागि चिकित्सा विज्ञानमा स्नातकोत्तर हासिल गरेको र बीमा क्षेत्रमा पाँच बर्षको अनुभव तोकेको छ ।
वित्त लगानीका लागि व्यवस्थापन विषयमा स्नातकोत्तर बिषयमा उतिर्ण वा चार्टर्ड फाइनान्स एनालाईसिस उत्तीर्ण गरेकालाई प्राथमिकतामा राख्ने भएको छ ।
सर्भेयर पदका लागि नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको ईजाजत पाएको र १० वर्ष बीमा सर्भेयर कार्य अनुभव भएका आवेदक माग गरिएको छ । आईटी पदका लागि सूचना प्रविधि वा कम्प्यूटर विज्ञानमा स्नातकोत्तर गरेको र ५ वर्षको कार्यअनुभव माग गरेको छ।
चार्टर्ड एकाउन्टेन्टका लागि सिए उत्तिर्ण गरेको र बीमा क्षेत्रमा पाँच वर्षको कार्यअनुभव र प्रशासनिक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र पाँच बर्षको अनुभव तोकेको छ ,