बीमा क्षेत्रमा आउने कालोधनलाई सुक्ष्म निगरानी राख्ने तयारीमा बीमा प्राधिकरण

११ माघ २०८१, शुक्रबार ११:०९

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा आउने कालोधनलाई सुक्ष्म निगरानी राख्ने भएको छ।

बीमा प्राधिकरण सिंगल प्रिमियम देखि मंहगा बीमा पोलिसी बिक्रि देखि कालोधन भित्रिने माध्यमको बिषयमा बिशेष निगरानी राख्ने तयारी गरिएको बुझिएको छ।

बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण शाखा छुटै राखेर आफैले सुक्ष्म निगरानी गर्ने प्रकृया सुरु गरिसकेको छ । बीमा कम्पनीका अध्यक्ष मदन दाहालले कम्पनीका कम्प्लायन अफिसरहरुलाई पनि राखेर सम्पत्ति शुद्धिकरण सम्बन्धी छुटै शाखा विस्तार गर्न निर्देशन सहितको छलफल गरिसकेका छन् । प्राधिकरणले बीमा कम्पनीहरुलाई अनिवार्य सम्पत्ति शुद्धिकरण विभाग राख्न निर्देशन दिईसकेको छ।

साथै, उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी हुन नदिनका लागि बीमा कम्पनीहरूलाई बारम्बार पत्राचार र निर्देशन दिएको उल्लेख गर्र्दै विगतका कमी कमजोरीलाई सच्याएर बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी निवारणका लागि सदैव चनाखो र सजग हुन कम्पनीका कम्प्लायन अफिसरहरुलाई समेत निर्देशन दिईसकेका छन् ।

सम्पति शुद्धीकरण ऐन २०६४ को दफा अनुसार कुनै व्यक्ति वा संस्थाले बीमा कम्पनीमा शंकास्पष्ट कारोबार गरेको पाइएमा नियमनकारी निकायलाई विवरण बुझाउन पनि कम्पनीहरुलाई निर्देशन दिएको छ।
बीमकले सेवा लिएका लेखापरीक्षक, बीमाङकी, बमिा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक, अभिकर्ता तथा परामर्शदाताको विवरण अद्यावधिक गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिना भित्रमा प्राधिकरण समक्ष पेश गर्न बीमा कमपनीहरुलाई निर्देशन दिएको छ ।

निर्देशनको पालना नगरेमा प्राधिकरणले कारवाही स्वरूप कुनै निश्चित बीमा व्यवसाय गर्न पाउने देखि आर्थिक जरिवाना समेत गर्न सक्ने व्यवस्था छ । यस सम्बन्धी जरिवानामा यसै आर्थिक बर्षदेखि बीमा कम्पनीहरु पर्ने देखिन्छ ।

यस आर्थिक बर्षमा दुई पुनर्बीमा कम्पनी सहित १० कम्पनीहरुले अटेर गरेको भन्दै प्राधिकरणले पत्र समेत पठाएको थियो । यस बिषयमा प्राधिकरणले ती कम्पनीहरुलाई सचेत पत्र समेत पठाएको थियो । आगामी आर्थिक बर्षमा प्राधिकरणको निर्देशन उल्लंघन गरेको खण्डमा आर्थिक जरिवानाको भार समेत कम्पनीहरुमा पर्ने देखिन्छ ।

नेपालको बीमा क्षेत्रमा गैरकानुनी रकम प्रयोग भएको अनुमान गरिएको छ । बिशेषगरी एकल प्रिमियम भुक्तानी बीमालेखमा यस्तो खालको रकम प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*