समाचारको प्रभाव: शिखर नगरपालिकाले गर्यो एम्बुलेन्स २४ घण्टाभित्र मर्मत
काठमाडौँ।डोटीको शिखर नगरपालिकामा एक महिनादेखि बिग्रिएको एम्बुलेन्स बीमापोष्ट डटकमको समाचारले सार्वजनिक भएपछि २४ घण्टाभित्र मर्मत गरिएको छ। ‘एउटा गाडी हुँदाहुँदै शिखरका मेयर बलायरले फेरी ५२ लाखको सवारी किन्दै, एम्बुलेन्स भने अलपत्र’ भनेर समाचार प्रकाशित गरेको एकदिन नपुग्दै एम्बुलेन्स मर्मत भएको हो। नगरपालिकाको एम्बुलेन्स सेल्फ बिग्रिएर सञ्चालनमा आउन नसकेको एक महिना भइसकेको थियो। एम्बुलेन्सको अभावले नगरबासिहरूले स्वास्थ्य सेवामा ठूलो समस्या भोग्नुपरेको थियो। विशेष गरी आपतकालीन अवस्थामा अन्य नगरपालिका र अस्पतालका एम्बुलेन्सको सहारा लिनुपर्ने बाध्यता थियो। समाचारले व्यापक चर्चा पाएपछि नगरपालिकाले एम्बुलेन्स मर्मतका लागि तत्परता देखाउँदै तुरुन्तै आवश्यक कदम चालेको हो। मर्मतपछि एम्बुलेन्स पुन: सञ्चालनमा आएको छ, जसले अब नगरबासिहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed