नेप्सेमा नेपाल लाइफ इस्योरेन्सको शेयर मूल्य समायोजन, भोलिदेखि कारोबारमा

९ माघ २०८१, बुधबार १६:५५

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेपाल लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७६० रुपैयाँ ९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८३६ रुपैयाँ १० पैसामा भएको थियो ।

आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*