नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
९ माघ २०८१, बुधबार १५:३५
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस सूचीकृत भएको हो ।
साहसको ८ प्रतिशत बोनस बापतको २८ लाख कित्ता र सगरमाथाको ४.७५ प्रतिशत बोनस बापतको ५ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
अब उक्त शेयर भोलिदेखि कारोबारमा आउनेछ ।