जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क ६३ अर्ब: सिटिजन र सानिमाको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल अघि

९ माघ २०८१, बुधबार १३:४१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्ममा ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नविकरण बीमा शुल्क आर्जन ४.९० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको मंसिर मसान्तको अवधिमा जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ६ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ८.८५ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ५६ रुपैयाँ पुगेको हो ।

त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.२६ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको ८.८० प्रतिशतले बढेर ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २८.३३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नविकरण बीमा शुल्क मार्फत १ अर्ब २८ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।

त्यस्तै, नविकरण बीमा शुल्क आर्जन हिमालयन लाइफको ०.२५ प्रतिशतले बढेर ७ अर्ब ५ करोड, सूर्यज्योति लाइफको १३.०१ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एशियन लाइफको ११.८२ प्रतिशतले बढेर ३ अर्ब २९ करोड, सिटिजन लाइपफको २२.७२ प्रतिशतले बढेर २ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफको १०.६६ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रहेको छ ।

यसअवधिमा नविकरण शुल्क मेट लाइफको ७.६२ प्रतिशतले बढेर २ अर्ब २४ करोड, प्रभु महालक्ष्मीको ६.८२ प्रतिशतले बढेर १ अर्ब ७४ करोड, आइएमई लाइफको १८.४५ प्रतिशतले बढेर १ अर्ब ७० करोड र सन नेपाल लाइफको १६.६४ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्रिय जीवन बीमाको ५८ प्रतिशतको भने ४९.३५ प्रतिशतले घटेर २ अर्ब २४ करोड ८८ लाख रुपैयाँ सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*