लेखा समितिमा नयाँ स्टकको चलखेल र घाटामा गएका कम्पनीले पनि आईपीओ जारी गर्न दिएको बिषयमा छलफल
८ माघ २०८१, मंगलवार १८:३२
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नयाँ स्टकको बिषयमा छलफल भएको छ ।
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नयाँ स्टक एक्सचेञ्ज दिने भनेर ठूलो आर्थिक चलखेल भएको गुनासो बढेको बताए ।
नेप्सेको क्षमता क्षमता बढाउनु पर्नेमा अर्को स्टकलाई लाईसेन्स दिनुको कारण के हो भन्दै केसीले प्रश्न समेत गरेका थिए ।
हाल बोर्डले घाटामा गएका कम्पनीले पनि आईपीओ निष्कासन गर्ने गरेको भन्दै त्यस्ता विषयमा सोच्ने कि नसोच्ने भन्ने बिषयमा समेत छलफल भएको थियो ।