एक वर्षमा हिमालयन बैंकका सीईओ राणाको मोबाइल खर्च साढे १३ लाख
काठमाडौँ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले आर्थिक वर्ष २०८०/०८१ मा तलब र भत्ताबापत २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ बुझेका छन्।
बैंकको वार्षिक प्रतिवेदनअनुसार सीईओ राणाले तलबबापत १ करोड ८६ लाख, भत्ताबापत १५ लाख ५० हजार, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ४० हजार ३१ रुपैयाँ र विविध खर्चबापत १२ हजार २९८ रुपैयाँ बुझेका हुन्।
त्यस्तै, सञ्चालक समितिले बैठक भत्ता, टेलिफोन खर्च र विविध खर्चबापत ३१ लाख ९९ हजार १५९ रुपैयाँ बुझेका छन्।
बैंकका व्यवस्थापकहरुले तलब, भत्ता र अन्य सुविधाबापत ५३ करोड २५ हजार रुपैयाँ बुझेको पनि प्रतिवेदनमा उल्लेख छ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र उप प्रमुख कार्यकारी अधिकृतलाई सवारी सुविधा, चालक, इन्धन तथा मर्मतको व्यवस्था गरिएको छ। उनीहरूको बिजुली(पानी खर्च र टेलिफोनको बिल पनि बैंकले नै व्यहोर्दै आएको छ।
सञ्चालक र व्यवस्थापकले पाउने तलब तथा सुविधासम्बन्धी विवरण सार्वजनिक भएपछि बैंकको पारदर्शिताप्रति सकारात्मक सन्देश प्रवाह भएको छ।