आकांक्षी एक दर्जनमध्ये नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक जनाको मात्रै आवेदन
काठमाडौं । अर्थमन्त्रालयमा नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक जनाको आवेदन परेको छ।
एक दर्जनभन्दा बढी आकाक्षी देखिएपनि आजसम्म मन्त्रालयम भने एकजनाको मात्रै आवेदन परेको हो । प्राधिकरणको अध्यक्ष पदको लागि माघ ११ गते कार्यालय समयसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन पाउनेछन् ।
उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्नेछ। फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकाहरूले आवेदन दिन सक्छन्।
प्राधिकरणको अध्यक्षका लागि रामशरण पुडासैनी,सुरेन्द्र पौडेल,दामोदर बसौला,चिरञ्जीवी चापागाईँ, कपिलदेव ओली र महेश्वर न्यौपाने अध्यक्ष पदको लागि लबिङ गर्न व्यस्त छन् ।
एक जना बाहेक अन्य आकाक्षी कसैले पवनि आवेदन दिइसकेका छैनन्। हाल भ्रष्टाचारको आरोपमा तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। प्राधिकरण अध्यक्ष विहीन भए सँगै अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालै आईरहेका छन् ।