के बीमा कम्पनीको शेयर खरिदन गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ पछिल्लो शेयरमूल्य
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । नेपाली बीमा बजारका सूचीकृत सम्पूर्ण कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।
लाइफ इन्स्योरेन्स इन्डेक्स आज १.१० प्रतिशत अर्थात १३९ अंकले बृद्धि भएर १२८३३.४० को बिन्दुमा कायम भएको छ । यस इन्डेक्समा कारोबार हुने १२ ओटै जीवन बीमा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
यसदिन जीवन बीमा कम्पनीहरुमध्ये प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर २.६६ प्रतिशत अर्थात प्रतिकित्ता १५ रुपैयाँले सर्वाधिक बृद्धि भएको छ । साथै, सन नेपाल लाइफ इन्स्योेरेन्सको १.८९ प्रतिशत र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १.८२ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
ननलाइफ इन्स्योरेन्स इन्डेक्स १.७८ प्रतिशत अर्थात २२३ अंकले बृद्धि भएर १२७५५ को बिन्दुमा कायम भएको छ । यस इन्डेक्समा कारोबार हुने १२ वटै कम्पनीको शेयरमा हरियाली छाएको छ । आज हिमालयन एभरेष्टको शेयरमूल्य ४.३२ प्रतिशतसहित सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, आज हिमालयन रि इन्योरेन्स र नेपाल रि इन्स्योरेन्ससहित दुबैको शेयरमूल्यमा पनि हरियाली छाएको छ ।