वित्तीय रिपोर्टले दोधारमा लगानीकर्ताः कारोबार भने ६ अर्ब, फाइनान्स सेक्टरका लगानीकर्ताले गुमाए कराडौं

८ माघ २०८१, मंगलवार १५:०७

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले लगानीकर्तालाई अन्योलमा पारेको छ । अधिकांश कम्पनीहरूको खराब कर्जा वृद्धि भइरहेको देखिएपछि नाफामा प्रत्यक्ष असर परेको छ । यसले लगानीकर्ताहरूलाई भविष्यको सम्भावित जोखिमबारे सतर्क बनाएको छ ।

विवरणअनुसार खराब कर्जा वृद्धि भए पनि वित्तीय संस्थाहरूको अवस्था डरलाग्दो भने छैन । तर, वित्तीय सुधार प्रक्रियामा देखिएको कठिनाइका कारण बजारमा अपेक्षित सुधार आउन सकेको छैन । यस्तो अवस्थामा कम्पनीहरूले आफ्नो वित्तीय स्थायित्वलाई मजबुत बनाउन थप कदम चाल्नुपर्ने देखिएको छ ।

अर्थतन्त्र सुधारको क्रममा रहेको, शेयर बजारप्रति नियामक निकायहरू सक्रिय भएको र बैंकको ब्याजदर घटेको भए पनि बजारमा अपेक्षित सुधार देखिएको छैन । यसले लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा राखेको छ । विशेष गरी खराब कर्जाको व्यवस्थापनमा देखिएका चुनौतीहरू यस परिस्थितिको मुख्य कारक बनेका छन्।

सर्वसाधारण लगानीकर्ताका लागि सबल वित्तीय सूचक भएका र लाभांश क्षमतामा सुदृढ कम्पनीहरूको छनोट महत्वपूर्ण हुने देखिन्छ । योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लगानीकर्ताले यस्तो रणनीति अवलम्बन गर्न आवश्यक छ । यसले दीर्घकालीन रूपमा सुरक्षित लगानी सुनिश्चित गर्न मद्दत पु-याउनेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०८ अकंले बढेर २६१३.०८ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

वित्तीय रिपोर्ट अनुसार टाट पल्टिन लागेको फाइनान्स कम्पनीका लगानीकर्ताले अर्बौ लगानी गुमाएका छन् । आज फाइनान्स सेक्टरको शेयर मूल्य १.०३ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.३५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९२ प्रतिशत, व्यापार समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको छ । अन्य समूहको भने बढेको छ ।

आज १०६ कम्पनीको शेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*