सीईडीबि होल्डिङस र सप्तकोशी डेभलपमेन्ट बैंकका लगाानीकर्ता झुम्मिए, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका कम्पनीहरु
८ माघ २०८१, मंगलवार १५:०६
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार शेयर बजारमा सीईडीबि होल्डिङसको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज सप्तकोशी डेभलपमेन्टको २१ करोड ६६ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ५३ लाख रुपैयाँ, सुपरमादी हाइड्रोपावरको १६ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।