टाट पल्टिदै नारायणी डेभलपमेन्टः खराब कर्जा ४३.६९ प्रतिशत, नाफा र इपिएस ऋणात्मक
काठमाडौँ । राष्ट्र बैंकले कारबाहीको तयारी गरेको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय सूचक संकटग्रस्त अवस्थामा रहेको छ । कम्पनीको खराब कर्जा चुलिँदा जाँदा नाफा ऋणात्मक रहेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नारायणीको खराब कर्जा ४३.६९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने २७.७५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ५२ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो बैंक ६ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २३ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने सञ्चालन नाफा ६७ लाख ६४ हजार रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख, जगेडा कोष सञ्चिति २० करोड १७ लाख, शेयर प्रिमियम १ करोड १ लाख, वितरणयोग्य मुनाफा ५२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १.९९ रुपैयाँ ऋणात्मक हुँदा प्रतिशेयर नेटवर्थ भने २०.९३ रुपैयाँ रहेको छ ।