अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने निर्णय गलत हो, यो कुरा मान्य हुँदैन: सांसद केसी
काठमाडौँ । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा प्राथमिक शेयर (आईपीओ) को मूल्य बढाउने विषयमा चर्को छलफल भएको छ। नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने निर्णयलाई गलत भन्दै आपत्ति जनाएका छन्।
सांसद केसीले आईपीओको मूल्य १०० रुपैयाँबाट बढाइएको विषयमा प्रश्न उठाउँदै भने, ‘आईपीओलाई १०० रुपैयाँबाट बढाएर आएको छ, यस्ता कुरा गलत हुन्। सबैले सहज रूपमा १०० रुपैयाँमा आईपीओ भर्न सकेका थिए। यसलाई बढाउने निर्णय उचित छैन।’
उनले सर्वसाधारण लगानीकर्तालाई असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन्। यद्यपि, केसीले कति मूल्य बढेको हो भन्नेबारे विस्तृत जानकारी दिएनन्। बैठकमा सहभागी अन्य सांसदहरूले पनि आईपीओ मूल्य निर्धारणका विषयमा पारदर्शिता आवश्यक भएको र सर्वसाधारणको पहुँचलाई सीमित हुने गरी गरिने कुनै पनि निर्णय अस्वीकार्य हुने बताएका छन्।