एलआईसी नेपालको हकप्रद बाँडफाँड, अवितरित झण्डै ५ लाख कित्ता लिलामीमा आउने

८ माघ २०८१, मंगलवार १२:०६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँड गरेको जनाएको छ।

कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर अंकित मूल्य १०० रुपैयाँमा बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जना शेयरधनीलाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ।

बाँडफाँडपछि कम्पनीको ४ लाख ९२ हजार ५७७ कित्ता शेयर बाँकी रहेको देखिन्छ। यसरी बाँडफाँडमा नपरेको शेयर लिलाम प्रक्रिया मार्फत बिक्री गरिनेछ।

साथै आफ्‌नो कायम हकभन्दा बढी माग गरि दरखास्त दिएका आवेदकको हकमा बाँडफाँडमा नपरेको शेयर बापतको रकम माघ १० गतेदेखि आईपीएस मार्फत् बैंक खातामा फिर्ता पठाइने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*