राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुनप्रसाद पोखरेल नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुनप्रसाद पोखरेल नियुक्त भएका छन्। हिजो बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सहकारी मन्त्रालयका सचिव पोखरेललाई नै कामकारबाही गर्नेगरी प्राधिकरणको पहिलो अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए ।प्राधिकरणका अन्य सदस्यहरू मन्त्रालयकै सिफारिसमा नियुक्त गर्ने तयारी रहेको समेत उनले जानकारी दिएका छन् ।नियुक्त गर्न बाँकी सदस्यहरूमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, मन्त्रालयको सहकारी क्षेत्र हेर्ने सहसचिव, विज्ञ र चार्टर्ड एकाउन्टेन्ट एकरएक जना नियुक्त गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार उनीहरूको नियुक्त हुन बाँकी रहेको छ।
सरकारले अध्यादेश मार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खोलेको थियो । सोही अनुसार संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरण स्थापना गरिएको हो ।
प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा स्थापना गरिएको छ । प्राधिकरणको काम कारबाहीको सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्नेछ । प्राधिकरणले आफ्नो वार्षिक प्रतिवेदन सरकार समक्ष पेस गर्नु पर्नेछ ।
प्राधिकरणको वरिष्ठ कर्मचारीले प्राधिकरणको सचिव भई काम गर्नेछ । प्राधिकरणको बैठक महिनामा कम्तीमा एक पटक बस्नेछ ।
यस्तो छ प्राधिकरणको काम, कर्तव्य र अधिकार:
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्ने गराउने,
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड ९प्रुडेन्सियल स्ट्याण्डर्डस्० जारी गर्ने,
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने, गराउने,
प्राधिकरणले आफूलाई प्राप्त केही अधिकार रजिष्ट्रार, प्रदेश रजिष्ट्रार र स्थानीय तहको सहकारी हेर्ने अधिकृत मार्फत कार्यान्वयन गर्न गराउन सक्ने,
बचतकर्ताको बचत सुरक्षाको सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमित रूपमा निरीक्षण गर्ने, उजुरी लिने प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने,
नियमन तथा सुपरिवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय परीक्षण ९प्रुडेन्सियल अडिट गर्ने गराउने,
सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा लागू गर्ने गराउने,
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको निरीक्षण गर्न आवश्यकता अधिकारी तोक्ने,
प्रदेश र स्थानीय तहका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा अनुगमन, नियमन तथा सुपरिवेक्षण गर्ने गराउने,
नियमन सम्बन्धमा बमोजिमका अन्य कार्यहरू गर्ने ।