डोनाल्ड ट्रम्पले बाइबलमा हात नराखी शपथ खाएपछि……

८ माघ २०८१, मंगलवार ११:३४

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक बाइबल नछुई शपथ ग्रहण गरेका छन्, जुन विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चासो र चर्चा पाएको छ। जनवरी २० मा सम्पन्न शपथ ग्रहण समारोहमा उनकी पत्नी मेलानिया ट्रम्पले दुईवटा बाइबल बोकेकी थिइन्। तर, ट्रम्पले ती बाइबलमा हात नराखी सपथ लिएका हुन्।

संविधानअनुसार, अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्दा बाइबल वा कुनै धार्मिक पुस्तक अनिवार्य रूपमा प्रयोग गर्नुपर्दैन। यद्यपि, अमेरिकी परम्परामा अधिकांश राष्ट्रपतिहरूले बाइबलमा हात राखेर सपथ लिँदै आएका छन्। ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा बाइबलमा हात राखेर शपथ लिएका थिए। तर, यस पटक उनले यस्तो गरेनन्।

यसअघि, केही अमेरिकी नेताहरूले पनि धार्मिक ग्रन्थको सट्टा अन्य पुस्तक वा सामग्री प्रयोग गरेका थिए। उदाहरणका लागि, थियोडोर रुजवेल्टले कुनै पुस्तक प्रयोग नगरी शपथ लिएका थिए भने जोन क्विन्सी एडम्सले कानुनी पुस्तक प्रयोग गरेका थिए। लिंडन बी. जोन्सनले राष्ट्रपति जोन एफ. केनेडीको हत्या भएको बेला क्याथोलिक मिसल प्रयोग गरेका थिए।

पूर्व राष्ट्रपति जो बाइडेनले भने आफ्नो परिवारसँग लामो समयदेखि रहेको १९औं शताब्दीको बाइबल प्रयोग गरेर शपथ लिएका थिए। यस्तै, पूर्व उपराष्ट्रपति कमला ह्यारिसले दुई बाइबल प्रयोग गरेकी थिइन्। तीमध्ये एक थर्गुड मार्शलको थियो भने अर्को उनका छिमेकी रेगिना शेल्टनको थियो।

ट्रम्पको यसपटकको शपथ ग्रहणले विभिन्न प्रतिक्रियाहरू उत्पन्न गरेको छ। बाइबलप्रेमीहरूले यसको विरोध गर्ने सम्भावना छ भने केहीले यसलाई व्यक्तिगत रोजाइ र संवैधानिक अधिकारका रूपमा व्याख्या गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा यस घटनाले ईसाई समुदायभित्र फरक विचार उत्पन्न गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*