यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

८ माघ २०८१, मंगलवार ०७:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरको खरिद दर १३८.२२ रुपैयाँ र बिक्री दर १३८.८२ रुपैयाँ रहेको छ।

युरोपियन युरोको खरिद दर १४२.६७ रुपैयाँ र बिक्री दर १४३.२९ रुपैयाँ, बेलायती पाउण्ड स्ट्रलिङको खरिद दर १६८.६६ रुपैयाँ र बिक्री दर १६९.४० रुपैयाँ तथा स्विस र्फ्याङ्कको खरिद दर १५१.३१ रुपैयाँ र बिक्री दर १५१.९६ रुपैयाँ निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलरको खरिद दर ८५.७३ रुपैयाँ र बिक्री दर ८६.१० रुपैयाँ, क्यानाडियन डलरको खरिद दर ९५.५५ रुपैयाँ र बिक्री दर ९५.९७ रुपैयाँ र सिंगापुर डलरको खरिद दर १०१.३१ रुपैयाँ र बिक्री दर १०१.७५ रुपैयाँ रहेको छ।

जापानी येन १० को खरिद दर ८.८४ रुपैयाँ र बिक्री दर ८.८८ रुपैयाँ, चिनियाँ युआनको खरिद दर १८.९० रुपैयाँ र बिक्री दर १८.९८ रुपैयाँ, साउदी अरेबियन रियालको खरिद दर ३६.८४ रुपैयाँ र बिक्री दर ३७.०० रुपैयाँ रहेको छ।

थाई भाटको खरिद दर ४.०४ रुपैयाँ र बिक्री दर ४.०५ रुपैयाँ, युएई दिरामको खरिद दर ३७.६३ रुपैयाँ र बिक्री दर ३७.७९ रुपैयाँ, मलेसियन रिंग्गिटको खरिद दर ३०.७६ रुपैयाँ र बिक्री दर ३०.९० रुपैयाँ र दक्षिण कोरियाली वन १०० को खरिद दर ९.५३ रुपैयाँ र बिक्री दर ९.५७ रुपैयाँ रहेको छ।

स्वीडिस क्रोनरको खरिद दर १२.४० रुपैयाँ र बिक्री दर १२.४५ रुपैयाँ, डेनिस क्रोनरको खरिद दर १९.१२ रुपैयाँ र बिक्री दर १९.२१ रुपैयाँ, हङकङ डलरको खरिद दर १७.७६ रुपैयाँ र बिक्री दर १७.८३ रुपैयाँ रहेको छ।

कुवेती दिनारको खरिद दर ४४८.०० रुपैयाँ र बिक्री दर ४४९.९४ रुपैयाँ, बहराइन दिनारको खरिद दर ३६६.६६ रुपैयाँ र बिक्री दर ३६८.२५ रुपैयाँ, ओमानी रियालको खरिद दर ३५९.०८ रुपैयाँ र बिक्री दर ३६०.६४ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार यो विनिमय दरलाई कुनै पनि समय संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*