एनएलजी इन्स्योरेन्सको हकप्रद बाँडफाँड, अवितरित ३ लाख कित्ता शेयर लिलामीमा आउने

८ माघ २०८१, मंगलवार ०७:०६

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ देखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ६ गते बाँडफाँड गरेको जनाएको छ।

कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ। कम्पनीको ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद बिक्री नभएको देखिन्छ। यसरी अवितरित हकप्रद कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ।

साथै आफ्‌नो कायम हकभन्दा बढी कित्ता माग गरी दरखास्त दिएका आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम भोलि माघ ९ गतेदखि आईपीएस मार्फत आवेदकको बैंक खातामा पठाइने जनाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*