अख्तियारले बयान लिएपछि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको भागभाग

७ माघ २०८१, सोमबार १९:२७

काठमाडौँ । यसअघिका अध्यक्ष रमेश हमालले गरेको प्रिमियम मूल्यको आईपिओमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसहितका उच्च पदस्थ कर्मचारीहरुसँग बयान लिएपछि त्यहाँभित्रका भ्रष्टाचारीहरुको भागभाग सुरु भएको छ ।

सेबोनको उच्च तहमा रहेर शेयर माफियासँग सेटिङ गर्ने र नीतिगत निर्णयहरु कानुन बिपरित गरी भ्रष्टाचार गर्ने कार्यमा संलग्न मुख्य व्यक्ति कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, डेपुटी कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी र निर्देशक शंकर प्रसाद रिमालसहितका कर्मचारीहरुसँग अख्तियारले बयान लिएको सबोन स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ ।

बयानको क्रममा मुक्ति श्रेष्ठसहितका कर्मचारीहरुले सबै दोष जति रमेश हमाललाई लगाएको बुझिएको छ । सेबोन स्रोतका अनुसार उनीहरुले अध्यक्ष हमालकै आदेशमा गैर कानुनी कार्यहरुमा हस्तक्षर गर्न बाध्य भएको भन्दै पन्छिन खोजेको बुझिएको छ ।

प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने, सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा गैर कानुनी तरिकाले मूल्य निर्धारण गरी अनुमति दिएका थिए । तत्कालिन अवस्थामा अध्यक्ष रमेश हमालले बुक बिल्डिङको मूल्य निर्धारण लगायतका प्रक्रियाहरु कर्मचारीहरुले गर्ने र आफूले नीतिगत स्वीकृति मात्रै दिने बताएका थिए । अहिले कर्मचारीहरुले भने सबै दोषजति तत्कालिन अध्यक्ष रमेश हमालको टाउकोमा थोपरेर पन्छिन खोजेका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अख्तियारले हमालले गरेको भ्रष्टाचारमाथि छानविन गरी कारवाही गर्न निर्देशन नै दिएको थियो । आयोगले रिलायन्स स्पीनिङ मिल्स, सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा गम्भिर त्रुटीहरु भएको सम्बन्धमा बीमापोष्टले श्रृंखलाबद्ध समाचारहरु प्रकाशित गरेको थियो ।

अख्तियारले बयान लिएपछि सेबोनका कर्मचारीहरुको भागभाग सुरु भएको छ । कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ विभिन्न च्यानलहरु जोडेर प्रधानमन्त्री केपी ओलीलाई मुद्दा दर्ता रोक्न लबिङ गर्न पुगेको बताइएको छ । त्यस्तै अन्य कर्मचारीहरु पनि सिमेन्ट उद्योगी बिष्णु प्रसाद न्यौपानेमार्फत अख्तियारमा सेटिङ गर्न भन्दै दौडिरहेका छन् । सर्वोत्तम सिमेन्टका बिष्णु न्यौपाने कालोधनका कारोबारी हुन् । भक्तपुरस्थित राधेराधेमा बनाइएको १० तल्ले भवन डेढ दशकदेखि अलपत्र रहँदै आएको छ । न्यौपानेले भाटभटेनीका मालिक मिन बहादुर गुरुङसँग बिशेष सम्बन्ध रहँदै आएको छ ।

अख्तियारले बयान लिएको सम्बन्धमा जिज्ञाशा राख्न कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*